FAQs Complain Problems

समाचार

बेलकोटगढी नगरपालिकाको संक्षिप्त परिचय

 साविक गा.वि.स. हरु दुईपीपल, रातमाटे, कुमरी, बेलकोट, जिलिङ्, मदानपुर (१-६ र ९) समेतलाई समावेश गरी ऐतिहासिक महत्व रहेको बेलकोटगढीको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो | यसको क्षेत्रफल १५५.६ वर्ग किलोमीटर, जनसंख्या ३५२४४ सहित १३ वटा वडामा विभाजन गरिएको छ | यसको पूर्वमा ककनी गा.पा. , पश्चिममा तारकेश्वोर गा.पा. र धादिङ जिल्ला उत्तरमा विदुर न.पा., लिखु गा.पा. र तारकेश्वोर गा.पा. र दक्षिणमा धादिङ जिल्ला रहेको छ | यस न. पा. मा  कृषिलाई मुख्य पेशाको रुपमा अंगाल्दै आएका छन् | ऐतिहासिक प्रशिद्ध गढी बेलकोटगढी, चिम्टेश्वोर महादेव जस्ता प्रशिद्ध तिर्थस्थल समेत यसै न.पा. मा  अवस्थित रहेको छ | कृषि पर्यटन सहितको पूर्वाधार विकासको मुल आधार भन्ने मुख्य उद्देश्यको रुपमा निर्वाचित जनप्रतिनिधिहरुको सामुहिक एजेण्डा रहेको छ |